Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

राप्रपाका भीमदत्त नगरका अध्यक्षसहित १०० कार्यकर्ता नेकपा प्रवेश

राप्रपाका भीमदत्त नगरका अध्यक्षसहित १०० कार्यकर्ता नेकपा प्रवेश

दैनिकी न्यूज

१८, आश्विन २०७७
राप्रपाका भीमदत्त नगरका अध्यक्षसहित १०० कार्यकर्ता नेकपा प्रवेश
images

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्त नगरका अध्यक्ष तुलबहादुर थापासहित १०० नेता–कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा प्रवेश गरेका छन् ।

नेकपा प्रवेश गर्नेमा राप्रपाको युवक सङ्गठनका केन्द्रीय सदस्य तेजेन्द्र ऐर, एकीकृत राप्रपाका जिल्ला उपाध्यक्ष मानबहादुर कार्कीलगायत १०० जना छन् ।

नेकपाको भीमदत्त नगर कमिटीले शनिबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई पार्टी प्रवेश गराएको हो ।

नेकपाका केन्द्रीय सदस्य कञ्चनपुर सहइन्चार्ज लालबहादुर विकले नेता थापासहित उनीहरु सबैलाई टीका र दोसल्ला ओढाएर पार्टी प्रवेश गराए । रासस

images
प्रकाशित मिति :आश्विन १८, २०७७ आइतवार - ०९:४९:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology