काठमाडौं । काठमाडौं उपत्यकामा थप १५ सय ९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ सय ९९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
आज थपिएका नयाँ संक्रमित काठमाडौंका १३७३ जना, ललितपुरमा १८७ जना र भक्तपुरमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंका ५०५ जना महिला, ८६८ जना पुरुष, ललितपुरका ७९ जना महिला, १०८ जना पुरुष र भक्तपुरका २० जना महिला, १९ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्रका २ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा काठमाडौंका ५५ वर्षिया पुरुष र ललितपुरका ७७ वर्षिय पुरुष रहेका छन् ।