Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आइतबार ललितपुरमा थपिए १६१ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

आइतबार ललितपुरमा थपिए १६१ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

दैनिकी न्यूज

१८, आश्विन २०७७
आइतबार ललितपुरमा थपिए १६१ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा आइतबार थप १६१ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी, गोदावरी नगरपालिका र बागमती गाउँपालिकाका विभिन्न स्थानका १६१ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये ७२ जना महिला र ८९ जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका ६१ जना महिला, ७४ जना पुरुष गरी जम्मा १३५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ७ जना महिला, १० जना पुरुष गरी १७ जना, गोदावरी नगरपालिकाका ३ जना महिला, ५ जना पुरुष गरी ८ जना र बागमती गाउँपालिकाका १ जना महिलामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या ३ हजार १ जना रहेको छ । आजसम्म डिस्चार्ज हुनेको संख्या १७ सय २५ जना, मृत्यू हुनेको संख्या २८ जना पुगेको छ । त्यसैगरी ललितपुरमा संक्रिय संक्रमितको संख्या १ हजार २३८ जना रहेको छ ।

images
प्रकाशित मिति :आश्विन १८, २०७७ आइतवार - २०:१६:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology