Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

२२ दिनपछि महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठ कोरोनामुक्त, आजै डिस्चार्ज

२२ दिनपछि महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठ कोरोनामुक्त, आजै डिस्चार्ज

दैनिकी न्यूज

१९, आश्विन २०७७
२२ दिनपछि महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठ कोरोनामुक्त, आजै डिस्चार्ज
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ २२ दिनपछि कोरोना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो पटक भएको सिसिआर परीक्षण नेगेटिभ आएपछि उनी २२ दिनपछि सोमबार कोरोनालाई जितेर घर फर्किएका हुन् । उनकी श्रीमती अन्जिका श्रेष्ठ गएको शुक्रबार १९ औं दिनमा कोरोना संक्रमणमुक्त भएकी थिइन।

कोरोना भएपछिको जटिल स्वास्थ्यका बीच निरन्तर उपचार, निगरानी र हेरचाह गर्ने डाक्टरहरुलाई मेयर श्रेष्ठले धन्यवाद दिएका छन् ।
कारेना भएपछि उनी किष्ट मेडिकल कलेजको आइसोलेसनमा बसेका थिए ।

किस्ट शिक्षण अस्पतालका चिकित्सकहरु प्रा.डा. मिलेस सिजापती, प्रा.डा. सुरज बज्राचार्य र कन्सल्ट्यान्स सर्जन डा. अभिषेक थापाप्रति विशेष धन्यवाद व्यक्त गर्दछु । उपचारमा संलग्न डा. सन्तोष, डा. एलिना, डा. मुकेश लगायत चिकित्सकहरु, नर्सहरु, हाउस किपिङ स्टाफ र कर्मचारीहरुहरुप्रति आभार व्यक्त गर्दछु ।

उपचार व्यवस्थापनमा सहयोग गर्नुहुने किस्ट शिक्षण अस्पतालका प्रमुख डा बालमानसिंह कार्की र अध्यक्ष आशीष थापाप्रति आभार व्यक्त गर्दछु ।

मेरो स्वास्थ्यको विशेष चासो राख्नुहुने शुभेच्छुक एवं नगरबासीहरुप्रति कृतज्ञता व्यक्त गर्दछु, मेयर श्रेष्ठले सामाजिक सञ्जालममा लेखेका छन् ।

images
प्रकाशित मिति :आश्विन १९, २०७७ सोमवार - १४:०९:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology