काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा थप १५ सय ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ सय ३१ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
आज थपिएका नयाँ संक्रमित काठमाडौंका ११७८ जना, ललितपुरमा २५० जना र भक्तपुरमा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंका ४८४ जना महिला, ६९४ जना पुरुष, ललितपुरका ११४ जना महिला, १३६ जना पुरुष र भक्तपुरका ४९ जना महिला, ५४ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्रका २ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा काठमाडौंका ५५ वर्षिया पुरुष र ललितपुरका ७७ वर्षिय पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र १२ जनाको मृत्य भएको छ । मृत्यू हुनेमा काठमाडौंका ७६ वर्षिय, ८१ वर्षिय, ८३ वर्षिय महिला, २६ वर्षिय, ६५ वर्षिय, ६७ वर्षिय, ७८ वर्षिय, ८१ वर्षिय र ९१ वर्षिय पुरुष रहेका छन् । त्यस्तै ललितपुरका ३ वर्षिय बालक, ५५ वर्षिय र ७१ वर्षिय पुरुष रहेका छन् ।