ललितपुर । ललितपुरमा सोमबार थप २६१ जना कोरोना संक्रमित थपिएका छन् ।
ललितपुर महानगरपालिका, महालक्ष्मी, गोदावरी नगरपालिका र महांकाल गाउँपालिकाका विभिन्न स्थानका २६१ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये ११८ जना महिला र १४९ जना पुरुष रहेका छन् ।
पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका ९२ जना महिला, १०७ जना पुरुष गरी जम्मा १९९ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै महालक्ष्मी नगरपालिकाका २१ जना महिला, ३० जना पुरुष गरी ५१ जना, गोदावरी नगरपालिकाका ४ जना महिला, ६ जना पुरुष गरी १० जना र महांकाल गाउँपालिकाका १ जना महिलामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या ३ हजार २६१ जना रहेको छ । आजसम्म डिस्चार्ज हुनेको संख्या १८ सय ३ जना, मृत्यू हुनेको संख्या २९ जना पुगेको छ । त्यसैगरी ललितपुरमा संक्रिय संक्रमितको संख्या १ हजार ४३० जना रहेको छ ।