Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

देशभर ३ हजार ४३९ जना कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा कति ?

देशभर ३ हजार ४३९ जना कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा कति ?

दैनिकी न्यूज

२१, आश्विन २०७७
देशभर ३ हजार ४३९ जना कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा कति ?
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४३९ जनामा संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या ९४ हजार २५३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा ३ हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज गरिएको १४ हजार २ सय ९ नमुना परीक्षण गर्दा ३ हजार ४ सय ३९ संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ६८४ कोरोना संक्रमित देखिएका छन् । काठमाडौंमा १ हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२५ हजार ७ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १० हजार ५९६ जना र होम आइसोलेसनमा १४ हजार ४११ जना रहेका छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार २२१ जना रहेका छन्।

२४ घण्टामा देशभर कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङका २ पुरुष, सिराहाका एक महिला, रौतहटका एक महिला, काठमाडौंका दुई महिला र ४ पुरुष, ललितपुर, चितवन, रुपन्देही, नवलपरासीका एक/एक पुरुष र दाङका एक महिला रहेका छन्।

बुधबार थप ११२६ जना निको भएपछि निको भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको ६८ हजार ६६८ पुगेको छ।

images
प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - १७:५८:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology