Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सक्रिय कोरोना संक्रमित २५ हजार नाघे, होला त फेरि लकडाउन ?

सक्रिय कोरोना संक्रमित २५ हजार नाघे, होला त फेरि लकडाउन ?

दैनिकी न्यूज

२२, आश्विन २०७७
सक्रिय कोरोना संक्रमित २५ हजार नाघे, होला त फेरि लकडाउन ?
images

काठमाडौं । कोरोना संक्रमण काठमाडौं उपत्यकामा तीब्र रुपमा फैलिएको छ । काठमाडौं सहित ललितपुर र भक्तपुरमा संक्रमण झन पछि झन बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ६८४ कोरोना संक्रमित देखिएका छन् । काठमाडौंमा १ हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा जम्मा १४ हजार २०९ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ११ लाख १३ हजार ४८६ परीक्षणहरु गरिएका छन् । मंगलबार २४ घण्टाको अद्यावधिक विवरण अनुसार उपत्यकामा १ हजार १७ जनामा कोरोना देखिएको थियो । २४ घण्टामा देशभर भने ३४ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । १ हजार १२६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । त्यसैगरी हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार १६४ जना रहेका छन् । सक्रिय संक्रमितको संख्या भने २५ हजार ७ रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । सरकारले २५ हजार सकृय संक्रमित पुगेपछि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुमती दिएको थियो । तर सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल देशव्यापी लकडाउने नहुने बताएका छन् ।

images
प्रकाशित मिति :आश्विन २२, २०७७ बिहिवार - ००:५२:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology