Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कर्मचारीमा कोरोना देखिएपछी एन्फा कार्यालय तीन दिन बन्द

कर्मचारीमा कोरोना देखिएपछी एन्फा कार्यालय तीन दिन बन्द

दैनिकी न्यूज

२२, आश्विन २०७७
कर्मचारीमा कोरोना देखिएपछी एन्फा कार्यालय तीन दिन बन्द
images

ललितपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) का तीन कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। बुधबार आएको रिपोर्टअनुसार एन्फाको स्टोरमा कार्यरत एक कर्मचारी  सहित अन्य दुईजनामा कोरोनाको संक्रमण देखिएको हो। संक्रमित कर्मचारीलाई होम आइसोलेसनमा पठाइएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए। यस्तै, संक्रमण देखिएपछि एन्फाको कार्यालय ३ दिनलाई बन्द गरिएको उनले बताए। स्टोरका कर्मचारीको सबैसँग सम्पर्क हुने भएकाले समेत केन्द्रीय कार्यालय बन्द राखिने एन्फाले जनाएको छ। कोरोना संक्रमित कर्मचारीको सम्पर्कमा आएका व्यक्तिहरुलाई सात दिन होम आइसोलेसनमा बस्न एन्फाले आग्रह गरेको छ। यसअघि एक सातापहिले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाका स्वकीय सचिव अनन्त घिमिरेलाई पनि कोरोना देखिएको थियो। घिमिरे अहिले आइसोलेसनमा रहेको र उनको अवस्था सामान्य रहेको छ।

images
प्रकाशित मिति :आश्विन २२, २०७७ बिहिवार - १३:२२:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology