Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

एकैदिन सबैभन्दा बढी संक्रमित थपिएर बन्यो नयाँ रेकर्ड, संक्रिय संक्रमित २६ हजार नाघे

एकैदिन सबैभन्दा बढी संक्रमित थपिएर बन्यो नयाँ रेकर्ड, संक्रिय संक्रमित २६ हजार नाघे

दैनिकी न्यूज

२२, आश्विन २०७७
एकैदिन सबैभन्दा बढी संक्रमित थपिएर बन्यो नयाँ रेकर्ड, संक्रिय संक्रमित २६ हजार नाघे
images

काठमाडौं । नेपालमा कोरोना संक्रमितले नयाँ रेकर्ड बनाएको छ । निरन्तर बढ्ने क्रममा रहेको संक्रमितको संख्या पछिल्लो २४ घन्टामा बिहीबार ४ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ९८ हजार ६१७ संक्रमितको संख्या पुगेको जनाए । संक्रमितको संख्या बढेसँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २६ हजार ६८४ जना पुगेको छ ।
बुधबार ३ हजार ४३९ संक्रमित थपिएका थिए । २४ घन्टामा १८ हजार ४७३ पीसीआर परीक्षण भएका छन् । हालसम्म पीसीआर परीक्षण ११ लाख ३१ हजार ९ सय ५८ पुगेको छ ।
२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ६७५ रहेको छ । २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :आश्विन २२, २०७७ बिहिवार - २१:२६:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology