ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले कोरोना संक्रमण बढेको भन्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै नगरपालिकाले आइतबारदेखि एकहप्तासम्म सबै सेवा बन्द गर्ने निर्णय गरेको जनाएको हो । साथै राष्ट्रियपरिचयपत्र वितरण गर्ने कार्य समेत बन्द गरिएको नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जनाए । सरकारले राजपत्रमा प्रकाशित गरेका सेवाहरु भने नियमित रुपमा उपलब्ध हुने उनले बताए ।
गोदावरीमा पछिल्लो दिन संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । १६ दिनपछि कोरोना निको भएर मेयर महर्जन भरखरै कार्यक्षेत्रमा फर्किएका छन् ।