Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेपालमा डरलाग्दो बन्दै कोरोना,साढे ५ महिनामा ६ सयको मृत्यु

नेपालमा डरलाग्दो बन्दै कोरोना,साढे ५ महिनामा ६ सयको मृत्यु

दैनिकी न्यूज

२३, आश्विन २०७७
नेपालमा डरलाग्दो बन्दै कोरोना,साढे ५ महिनामा ६ सयको मृत्यु
images

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ६ सयको मृत्यु भएको छ । जेठ ३ गते पहिलोपटक कोरोना संक्रमण भएर सिन्धुपाल्चोककि एक महिलाको मृत्यु भएको थियो । ५ महिनाको अवधिमा ६ सय जनाको कोरोना कै कारण मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृतकमा १ जना महिला र ९ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । कोरोना संक्रमणबाट मृत्यु हुनेमा महिलामा काठमाडौँकी ८७ वर्षीया, पुरुषहरूमा झापाका २९ वर्षीय र ५२ वर्षीय, सुनसरीका ४६ वर्षीय, ५२ वर्षीय र ६८ वर्षीय, काठमाडौँका ७१ वर्षीय, ललितपुरका ८४ वर्षीय, रुपन्देहीका ४७ वर्षीय र ८४ वर्षीय रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुगेको हो ।

images
प्रकाशित मिति :आश्विन २३, २०७७ शुक्रवार - २३:०२:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology