Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

एकैपरिवारका ८ जनालाई कोरोना संक्रमण

एकैपरिवारका ८ जनालाई कोरोना संक्रमण

दैनिकी न्यूज

२४, आश्विन २०७७
एकैपरिवारका ८ जनालाई कोरोना संक्रमण
images

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं १ मा एकै घर परिवारका आठ जनामा कोरोना संक्रमण भएको छ। शीतगंगा नगरपालिका–७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका विशाल खड्काको परिवारका आठ जनामा कोरोना देखिएको हो। उनकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र दुई बहिनीमा कोरोना देखिएको विशाल खड्काले बताए। योसँगै आज जिल्लामा थप ३४ कोरोना संक्रमित थपिएका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा समुदायस्तरका ३४ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले जानकारी दिए। आज थपिएका संक्रमितसँगै अर्घाखाँचीमा कोरोना पुष्टि हुनेको संख्या ४८६ पुगेको छ। सक्रिय संक्रमितको संख्या ९० रहेको छ। कोरोनाका संक्रमणबाट चार जनाको ज्यान गएको छ। रासस

images
प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - २०:४७:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology