Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मोटरसाइकल टिपरमा ठोक्किँदा ३७ वर्षे युवकको मृत्यु

मोटरसाइकल टिपरमा ठोक्किँदा ३७ वर्षे युवकको मृत्यु

दैनिकी न्यूज

२५, आश्विन २०७७
मोटरसाइकल टिपरमा ठोक्किँदा ३७ वर्षे युवकको मृत्यु
images

भक्तपुर । भक्तपुरको सूर्यविनायकमा रोकिराखेको टिप्परमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ । मोटरसाइकलको पछाडि बस्ने बालिका गम्भीर घाइते भएकी छिन । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखेको बा ३ ख ८८०३ नम्बरको टिप्परमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल गएराती ठोक्किएको थियो ।  घाइते भएका चालक भक्तपुर नगरपालिका- ४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण ट्वाटीको डाक्टर इवामुरा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि बसेकी ७ वर्षकी प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - ०८:४८:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology