Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार बढ्यो नेप्से, यी हुन् सर्वाधिक कमाउने कम्पनी

सोमबार बढ्यो नेप्से, यी हुन् सर्वाधिक कमाउने कम्पनी

दैनिकी न्यूज

२६, आश्विन २०७७
सोमबार बढ्यो नेप्से, यी हुन् सर्वाधिक कमाउने कम्पनी
images

काठमाडौं । शेयर बजार कारोबार गर्ने नेप्से परिसूचक सोमवार बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से १ दशमलव ७४ अंकले बढेर १ हजार ५७८ दशमलव शून्य १ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबार दिन आइतवार ११ दशमलव ३४ अंकले घटेर १ हजार ५७६ दशमलव २७ विन्दुमा बन्द भएको नेप्से सोमवार १ हजार ५८० दशमलव १५ विन्दुदेखि खुला भएको हो । यो दिन नेप्से परिसूचक १ हजार ५६६ दशमलव ८४ विन्दुसम्म झरेको थियो भने १ हजार ५८० विन्दुसम्म पुगेको थियो । नेप्से परिसूचकसँगै सोमवार ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ३७ अंक बढेर ३१३ दशमलव १० विन्दुमा पुगेको छ । यस दिन रू. १ अर्ब ९४ करोड ९० लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । यो दिन १८९ ओटा कम्पनीको ३१ हजार ८३७ पटकको व्यापारमा उक्त रकम बराबरको ६८ लाख १५ हजा ७१० कित्ता शेयर कारोबार भएको हो । सोमवार सर्वाधिक रकमको शेयर कारोबार मुक्तिनाथ विकास बैंकको भएको छ । उक्त कम्पनीको रू. १६ करोड ५० लाख ८ हजार बराबरको शेयर कारोबार भएको हो ।

images
प्रकाशित मिति :आश्विन २६, २०७७ सोमवार - २०:४४:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology