Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौंका सबै अस्पतालले कोरोनाको मात्रै उपचार गर्ने !

काठमाडौंका सबै अस्पतालले कोरोनाको मात्रै उपचार गर्ने !

दैनिकी न्यूज

२७, आश्विन २०७७
काठमाडौंका सबै अस्पतालले कोरोनाको मात्रै उपचार गर्ने !
images

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ। अस्पतालहरुलाई आकस्मिकबाहेक अन्य शल्यक्रिया अहिलेको लागि नगर्नसमे सरकारले निर्देशन दिएको छ। पछिल्लो समय उपत्यकामा हरेक दिन लक्षणसहितका कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि यस्तो निर्णय गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। कोरोना संक्रमित गम्भीर बिरामीले आइसियु र भेन्टिलेटर नपाउने अवस्था आएपछि सरकारले आकस्मिकबाहेकका शल्यक्रिया नगर्न अस्पतालहरुलाई निर्देशन दिएको हो। यसले केही हदसम्म भए पनि बिरामीले सघन उपचार कक्ष र भेन्टिलेटर बेड पाउने अपेक्षा मन्त्रालयको छ। त्यस्तै आइसोलेसन सेन्टरहरुलाई लक्षण भएका कोभिडका विरामीको उपचार गर्ने अस्पतालका रुपमा विकास गर्ने निर्णय पनि सरकारले गरेको छ। मन्त्रालयको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को आइतबार बसेको बैठकले सबै सरकारी अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो। डा.गौतमले विषयगत अस्पतालले बाहेक सबै सरकारी अस्पतालमा कोभिड–१९ का बिरामी परीक्षण र भर्ना गर्ने निर्णय भएको जानकारी दिए। काठमाडौं उपत्यकाभित्र शहीद गंगालाल हृदय रोग, राष्ट्रिय ट्रमा सेन्टर, प्रसूती गृह र कान्ति बाल अस्पताल विषयगत् अस्पतालहरु हुन। यी अस्पतालमा निदान हुने रोगका कोरोना सङ्क्रमित सोही अस्पतालमा गएर उपचार गराउनेछन् । त्यस अतिरिक्तका सबै सरकारी अस्पतालहरुमा कोरोना सङ्क्रमितको उपचार हुने मन्त्रालयले जनाएको छ। मन्त्रालयले सरकारी अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु स्वास्थ्य सेवा विभागबाट आपूर्ति गरिने जनाएको छ। त्यसैगरी सरकारी वा नीजि अस्पतालले शय्या अभावमा कोभिड-१९ को बिरामीलाई उपचारका लागि होटेलहरुसँग सम्झौता गर्न सक्ने निर्णय पनि सरकारले गरेको छ। काठमाडौं उपत्यकामा हाल १६ हजार सक्रिय सङ्क्रमित छन्।

images
प्रकाशित मिति :आश्विन २७, २०७७ मंगलवार - ०७:२४:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology