ललितपुर । वागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ। सामाजिक विकास मन्त्रालय वागमती प्रदेशका अनुसार सो प्रदेशमा कुल संक्रमित ५४ हजार ६ सय १३ पुगेको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै संघीय राजधानी काठमाडौंमा ३५ हजार ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ। ललितपुरका चार हजार ९ सय ८४, भक्तपुरका तीन हजार चार सय ७६, चितवनका तीन हजार ८०, मकवानपुरका एक हजार ९ सय ३३, काभ्रेपलाञ्चोकका नौ सय ३३, धादिङका ६ सय ६८, नुवाकोटका तीन सय २०, सिन्धुपाल्चोकका दुई सय ६५, सिन्धुलीका दुई सय ६४, रामेछापका दुई सय ५३, दोलखाका एक सय ७३ र रसुवाका ३२ जनाका संक्रमण पुष्टि भएको छ। बागमतीमा हालसम्म कोरोना संक्रमण निको भइ डिस्चार्ज हुनेको संख्या २९ हजार ३ सय ८९ छ। २२ हजार ३ सय ५० जना उपचाररत छन्। प्रदेशमा संख्या दुई सय ७३ जनाको ज्यान गइसकेको छ। जसमा काठमाडौंमा १३७ जनाको ज्यान गइसकेको छ। त्यस्तै भक्तपुरमा २८ र ललितपुरमा ३९ जनाको ज्यान गएको छ।