Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौं उपत्यकामा यस्तो छ कोरोनाको पछिल्लो अवस्था

काठमाडौं उपत्यकामा यस्तो छ कोरोनाको पछिल्लो अवस्था

दैनिकी न्यूज

२७, आश्विन २०७७
काठमाडौं उपत्यकामा यस्तो छ कोरोनाको पछिल्लो अवस्था
images

ललितपुर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार १ सय २९ जना कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौंमा १ हजार ७४६ , ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना संक्रमित देखिएको जानकारी दिएको हो । २४ घण्टामा जम्मा १५ हजार ५७७ पीसीआर परीक्षण भएका छन् । उपत्यकामा सोमबार काठमाडौंमा एक हजार ८ सय ८८, ललितपुरमा २ सय ७७ र भक्तपुरमा १ सय १८ जना गरी २ हजार २८३ संक्रमित देखिएका थिए । देशभर भने मंगलबार ३ हजार ५५६ जना संक्रमित थपिएका छन् । यस अनुसार देशभरी सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेको छ ।

images
प्रकाशित मिति :आश्विन २७, २०७७ मंगलवार - २१:२५:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology