काठमाडौं । संवैधानिक इजलाशमा हेर्दाहेर्दै रहेको नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) नेता वामदेव गौतमको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। यो मुद्दाको सुनुवाइ अब दसैंपछि मात्र हुने सम्भावना रहेको छ।
बर्दियाबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भए पनि राष्ट्रिय सभा सदस्य भएका गौतमविरुद्ध दायर भएको रिटमा निवेदक, सरकारी वकिल र उनका केही कानुन व्यवसायीले बहस गरेपछि हेर्दाहेर्दै रहेको थियो। असोज २१ गते बुधबारका लागि हेर्दाहेर्दै रहेको मुद्दाको सुनुवाइ सर्वोच्चका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको थियो। उक्त दिन सुनुवाइ हुन नसकेपछि आजका लागि पेशी तोकिएको थियो।