Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण

मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण

दैनिकी न्यूज

२९, आश्विन २०७७
मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण
images

झापा । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताए ।

उनको घरकै आइसोलेसनमा बस्नु भएको छ । यस अघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत कोरोना सङ्क्रमण भएको थियो । यसैबीच, राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य दयाराम दाहाल कोभिड–१९ को सङ्क्रमणबाट मुक्त हुनुभएको छ । असोज १६ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारका लागि भर्ना भएका थिए। रासस

images
प्रकाशित मिति :आश्विन २९, २०७७ बिहिवार - १०:२६:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology