Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तीनै मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

तीनै मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

दैनिकी न्यूज

२९, आश्विन २०७७
तीनै मन्त्रीले लिए पद तथा गोपनियताको शपथ
images

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छिन् । राष्ट्रपति कार्यालयमा बिहीबार बिहान तीन मन्त्रीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्थमन्त्रीमा विष्णु पौडेल, सहरी विकासमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ श्रेष्ठलाई सिफारिस गरेका थिए । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :आश्विन २९, २०७७ बिहिवार - १२:५७:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology