काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९ सय ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। काठमाडौंमा १६ सय ९२ , ललितपुरमा १३४ र भक्तपुरमा १०८ जना गरी १९ सय ३४ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए।