काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । थापा सहित उनको परिवारका सात जना सदस्यमा सङ्क्रमण देखिएको थापाका स्वकीय सचिव दामोदर वाग्लेले बताए ।
उनमा सामान्य लक्षण देखिएको र स्वास्थ्य अबस्था सामान्य रहेको थापाले ट्वीटमार्फत उल्लेख गर्नुभएको छ । थापाकी धर्मपत्नीमा भने सङ्क्रमण देखिएको छैन ।