Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोनाबाट मृत्यु हुने सङ्ख्या ७ सय नाघ्यो, कति पुगे सक्रिय संक्रमित !

कोरोनाबाट मृत्यु हुने सङ्ख्या ७ सय नाघ्यो, कति पुगे सक्रिय संक्रमित !

दैनिकी न्यूज

३०, आश्विन २०७७
कोरोनाबाट मृत्यु हुने सङ्ख्या ७ सय नाघ्यो, कति पुगे सक्रिय संक्रमित !
images

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरी २१ जनाको मृत्यु भएको जानकारी दिइएको हो । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७१५ पुगेको छ । २४ घण्टाको अपडेटमा बिहीबार १९ जनाको मृत्यु भएको थियो । यस्तै मुलुकभर २४ घण्टामा ४ हजार ३ सय ९२ संक्रमित थपिएका छन् । सोही अवधिमा ३ हजार ५ सय २२ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको बताएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या ८८ हजार ४० जना पुगेको छ । शक्रबार अपराह्नसम्म देशभरी सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ । २४ घण्टामा जम्मा १६ हजार ५३१ पीसीआर परीक्षण भएका छन् । हालसम्म पीसीआर विधिबाट १२ लाख ५४ हजार १६७ परीक्षणहरु गरिएका छन् ।

images
प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - १७:३२:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology