Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

उपत्यकामा कोरोनाको अवस्था के छ ? अझै बढ्यो कि घट्यो ?

उपत्यकामा कोरोनाको अवस्था के छ ? अझै बढ्यो कि घट्यो ?

दैनिकी न्यूज

१, कार्तिक २०७७
उपत्यकामा कोरोनाको अवस्था के छ ? अझै बढ्यो कि घट्यो ?
images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७४६ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना संक्रमित देखिएका हुन् । शनिबार देशभरी थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १ लाख २९ हजार ३०४ संक्रमित थपिएका छन् । कोरोनाको नयाँ हटस्पट बनेको काठमाडौं उपत्यकामा निरन्तर बढिरहेको छ । विज्ञहरुका अनुसार यो क्रम अझै २ हप्ता रहने देखिन्छ । संक्रमण बढेपछी काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यलयले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । 

images
प्रकाशित मिति :कार्तिक १, २०७७ शनिवार - १८:४४:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology