Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

अस्पतालले शय्या लुकाउँदा गम्भीर संक्रमित पनि आइसोलेसनमै बस्न बाध्य

अस्पतालले शय्या लुकाउँदा गम्भीर संक्रमित पनि आइसोलेसनमै बस्न बाध्य

दैनिकी न्यूज

२, कार्तिक २०७७
अस्पतालले शय्या लुकाउँदा गम्भीर संक्रमित पनि आइसोलेसनमै बस्न बाध्य
images

काठमाडौं । अस्पतालले कोरोना भाइरस संक्रमितलाई शय्या दिन आनाकानी गर्दै खाली शय्यासमेत लुकाउन थालेपछि गम्भीर अवस्थामा पुगेका पनि होम आइसोलेसनमै बस्न बाध्य भइरहेका छन् । निजी तथा सरकारी अस्पतालको अमानवीय व्यवहारका कारण गम्भीर बिरामी निकै सकसमा पर्न थालेका हुन् ।

अस्पतालमा शैया हुँदा हुँदै पनि अस्पतालले संक्रमितलाई भर्ना गर्न नमान्दा होम आइसोलेसनमा बस्ने गम्भीर संक्रमितको संख्या बढ्दै गएको हो ।

गम्भीर प्रकृतिका संक्रमितसमेत अस्पतालमा बेड नपाएपछि ज्यानै जोखिममा हालेर होम आइसोलेसनमा बस्न बाध्य भएका हुन् । अस्पतालले आईसीयू र भेन्टिलेटर भए पनि लुकाउँदा समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावकारी अनुगमन गर्न सकेको छैन ।

दीर्घरोगी र ज्येष्ठ नागरिकहरू जोखिममा रहेका छन् । संक्रमण बढ्दै गएर दीर्घरोगीलाई जटिल समस्या हुँदा समेत अस्पतालले शय्या दिन आनाकानी गर्दै आएका छन् । उच्च रक्तचापका बिरामीमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने भन्दै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले सावधानी अपनाउन आग्रह गरे । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

images
प्रकाशित मिति :कार्तिक २, २०७७ आइतवार - ०७:०६:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology