Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार किन घट्यो सेयर बजार

आइतबार किन घट्यो सेयर बजार

दैनिकी न्यूज

२, कार्तिक २०७७
आइतबार किन घट्यो सेयर बजार
images

काठमाडौं । कात्तिक महिनाको पहिलो कारोबार दिन आइतवार शेयर बजार परिसूचक घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से ५ दशमलव ६६ अंक घटेर १ हजार ५५६ दशमलव ८० विन्दुमा बन्द भएको छ । ठूला कम्पनीहरुको मात्र कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ८१ अंक घटेर ३०८ दशमलव २७ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन बिहीवार बजार १ हजार ५६२ दशमलव ४६ विन्दुमा बन्द भएको थियो । बिहीवार बजार १ दशमलव २९ अंकले बढेको थियो । नयाँ अर्थमन्त्री विष्णु पौडेलको पुनः आगमनले उत्साहित भएका लगानीकर्ताहरु आइतवारको कारोबारमा भने पर्ख र हेरको अवस्थामा रहेको देखिएको छ । बजार प्रभावित हुनमा नजिकिएको दसैंको खर्च जोहो गर्नेतर्फ लगानीकर्ता लागेको ब्रोकरहरुले अनुमान गरेका छन् । कोरोना महामारीका कारण अन्य व्यवसायिक अवस्था असमान्य बनेका कारण यो क्षेत्रको लगानी विक्री गरी दसैं खर्च जोहो गर्ने धेरै लगानीकर्ता रहेको सेयर विश्लेषक बताउँछन् । आइतवार घटेको बजारमा जनरल इन्स्योरेन्स कम्पनीको शेयरधनीहरुले सर्वाधिक कमाएका छन् भने रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन् ।

images
प्रकाशित मिति :कार्तिक २, २०७७ आइतवार - १६:०३:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology