Logo

बुधवार, श्रावण २७ गते २०८३

images

तेह्र दिन अगाडि लोक सेवा आयोगका सबै परीक्षा स्थगित

तेह्र दिन अगाडि लोक सेवा आयोगका सबै परीक्षा स्थगित

दैनिकी न्यूज

३, कार्तिक २०७७
तेह्र दिन अगाडि लोक सेवा आयोगका सबै परीक्षा स्थगित
images

काठमाडौं । लोकसेवा आयोगले कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले अर्को सूचना प्रकाशन नभएसम्म पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठिततर्फका लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको आदेश अनि आयोगभित्रै संक्रमण फैलिएपछि आयोग परीक्षा सञ्चालन गराउन नसक्ने अवस्थामा पुगेको हो । परीक्षामा सम्मिलित हुने उम्मेदवारहरुमा सिर्जना भएको भए एवं आयोगका कर्मचारीहरु समेत कोरोना भाइरसबाट संक्रमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरु समेत बन्द गर्नु परेको र कर्मचारीहरु आइसोलेसनमा रहेका कारण परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउनु एवं परीक्षा व्यवस्थापन गर्न समस्या उत्पन्न भएको आयोगद्वारा सोमबार जारी सूचनामा उल्लेख छ ।

images
प्रकाशित मिति :कार्तिक ३, २०७७ सोमवार - १५:५९:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology