Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर थप ३०९३ जना कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा कति?

आज देशभर थप ३०९३ जना कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा कति?

दैनिकी न्यूज

४, कार्तिक २०७७
आज देशभर थप ३०९३ जना कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा कति?
images

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १७०२ उपत्यकाका छन् । थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १ हजार ४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना छन् ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख ३९ हजार १२९ संक्रमितको संख्या पुगेको जनाए ।

यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४१ हजार ७५५ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा २ हजार १०८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या ९६ हजार ६०९ रहेको छ । आइसीयूमा २७३ र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १३ लाख १४ हजार ७७९ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २२० जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।

images
प्रकाशित मिति :कार्तिक ४, २०७७ मंगलवार - १६:४४:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology