Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बाबुरामको छलाङ, वरिष्ठ नेताबाट जसपाको शक्तिशाली अध्यक्ष

बाबुरामको छलाङ, वरिष्ठ नेताबाट जसपाको शक्तिशाली अध्यक्ष

दैनिकी न्यूज

४, कार्तिक २०७७
बाबुरामको छलाङ, वरिष्ठ नेताबाट जसपाको शक्तिशाली अध्यक्ष
images

ललितपुर । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्षमा पुर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई चयन भएका छन् । सो परिषद् जसपाको सबैभन्दा शक्तिशाली निकाय समेत हो । जसपाको मंगलबारको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको जसपाका नेता गंगानारायण श्रेष्ठले जानकारी दिए । केन्द्रिय समिती समेत संघीय परिषद् मातहत हुनेभएकोले शक्तिशाली निकाय बनेको हो । बैठकले संघीय परिषद्सँगै ८ सय १ सदस्यीय केन्द्रीय समितिसमेत गठन गरेको छ । त्यस्तै समग्र पार्टीको समायोजनका लागि समायोजन कार्यदल पनि गठन गरिएको श्रेष्ठले बताए । जसपाको केन्द्रिय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् । राजेन्द्र महतोलाई वरिष्ठ नेता बनाइएको थियो भने भट्टराईको नाम पार्टी एकताका लागि निर्वाचन आयोगमा पठाएको निवेदनमा अशोक राईभन्दा पछाडि थियो । पार्टीको विधान परिमार्जन गर्ने र विधानमा आधारित नियमावलीसमेत बैठकबाट पारित गरिएको उनले बताए । जसपाको बैठकले कोभिड- १९ रोकथाम तथा नियन्त्रणमा सरकारले उदासीनता देखाएको भन्दै विरोधसमेत गरेको छ । यसैगरी बैठकले सांसद रेसम चौधरीको रिहाइको लागि अभियान चलाउने समेत निर्णय गरेको छ । थरुहट आन्दोलनका क्रममा एसएसपी सहित ८ प्रहरीको हत्या गरेको आरोप पुष्टि भएपछि चौधरीलाई डिल्लीबजार कारागार राखिएको छ ।

images
प्रकाशित मिति :कार्तिक ४, २०७७ मंगलवार - २२:३५:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology