Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोना संक्रमणबाट पाँच महिने शिशुसहित दुईको मृत्यु

कोरोना संक्रमणबाट पाँच महिने शिशुसहित दुईको मृत्यु

दैनिकी न्यूज

८, कार्तिक २०७७
कोरोना संक्रमणबाट पाँच महिने शिशुसहित दुईको मृत्यु
images

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको ज्यान गएको छ।

मोरङको सुन्दर हरैँचाकी शिशुको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उनलाई शुक्रबार नै संक्रमण पुष्टि भएको थियो। ती शिशुमा मस्तिष्कसम्बन्धी समस्या भएको थियो।

यस्तै शुक्रबार अपराह्न धरान–११ की ५२ वर्षीया एक महिलाको पनि प्रतिष्ठानमै उपचारका क्रममा मृत्यु भएको थियो। उनलाई उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घ रोग भएको बताइएको छ।

उनलाई यही कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भई ५ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। रासस

images
प्रकाशित मिति :कार्तिक ८, २०७७ शनिवार - १५:०६:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology