काठमाडौं । पूर्वगृहमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आइतवार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भएको बताएका छन् ।
उनले गत शनिवार बिहान पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका थिए । स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । उनी हाल ललितपुरस्थित निवासमा आईसोलेशनमा बसेका छन् ।
उनले भनेका छन्, ‘केहि दिनयता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’