Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

देशभर १७ सय ४१ संक्रमित थपिए

देशभर १७ सय ४१ संक्रमित थपिए

दैनिकी न्यूज

१०, कार्तिक २०७७
देशभर १७ सय ४१ संक्रमित थपिए
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७ सय ४१ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ५ भने डिस्चार्ज भएका छन् । त्यसैगरी १५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ५९ हजार ८३० पुगेको छ । जसमध्ये एक लाख १५ हजार ६७५ डिस्चार्ज भएका छन् भने ४३ हजार २९३ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म १३ लाख ९८ हजार १७९ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्ला दिनमा देशका ठूला सहरमा संक्रमण बढ्दै गएको छ । अहिले क्वारेन्टाइनमा २९ सय ६९ जना रहेका छन् ।

२४ घण्टामा हजार ६४ पुरुष र ६७७ महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा हजार ५७ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा २५०, प्रदेश २ मा ६६, गण्डकी प्रदेशमा २१३, लुम्बिनीमा १४५, कर्णालीमा ७ र सुदूरपश्चिममा तीन जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा काठमाडौं उपत्यकामा ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ६७३, ललितपुरमा १४६ र भक्तपुरमा ७६ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १०, २०७७ सोमवार - १९:५०:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology