काठमाडौं । कलाकार मनोज गजुरेलमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको गजुरेल आफैंले जानकारी दिएका छन् ।
यसअघि गजुरेलका दाजुलाई पनि संक्रमण देखिएको थियो । उनले दाजुलाई अस्पताल लैजाने–ल्याउने गरेका थिए । गत विहीबारदेखि सामान्य टाउको देख्ने र ज्वरो आउने गरेको थियो । शनिबार ढाडको दुखाइ महसुस भएपछि उनले आइतबार पीसीआर टेष्ट गरेका थिए । सोमबार कोरोना संक्रमण पुष्टि भयो ।
उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै आफ्नो अवस्था सामान्य रहेको बताएका छन् ।