Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ५७० जना कोरोना संक्रमित थपिए, ३१ सय ६८ जना डिस्चार्ज

आज देशभर ५७० जना कोरोना संक्रमित थपिए, ३१ सय ६८ जना डिस्चार्ज

दैनिकी न्यूज

११, कार्तिक २०७७
आज देशभर ५७० जना कोरोना संक्रमित थपिए, ३१ सय ६८ जना डिस्चार्ज
images

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा जम्मा २ हजार ७२५ पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।

जसमध्ये १ लाख १८ हजार ८४३ जना डिस्चार्ज भएका छन् भने ४० हजार ६८१ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३१ सय ६८ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७० जनामा कोरोना पुष्टि हुँदा १४ जनाको मृत्यु भएको छ ।

मंगलबार १४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ । अहिले २ हजार ९३२ जना क्वारेन्टिनमा छन् ।

images
प्रकाशित मिति :कार्तिक ११, २०७७ मंगलवार - १६:२७:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology