Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बाँकेमा २० जना संक्रमितको अवस्था गम्भीर

बाँकेमा २० जना संक्रमितको अवस्था गम्भीर

दैनिकी न्यूज

१२, कार्तिक २०७७
बाँकेमा २० जना संक्रमितको अवस्था गम्भीर
images

बाँके । बाँकेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २० जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर छ।

भेरी अस्पताल नेपालगञ्जमा १२ र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत २० सङ्क्रमित सिकिस्त रहेका जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

भेरी अस्पतालमा ३४ जना मध्यम र ३ सामान्यखालका बिरामी छन् । त्यस्तै शिक्षण अस्पताल कोहलपुरमा १२ मध्यम र १६ सामान्य खालका विरामी स्वास्थ्य लाभ गरिरहेका छन्।

भेरी अस्पताल नेपालगञ्जमा २७ महिला र २२ पुरुष, शिक्षण अस्पताल कोहलपुरमा १४ महिला र २२ पुरुष उपचाररत श्रेष्ठले बताउनुभयो । बाँकेमा १ सय ९२ सङ्क्रमितले होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन्। रासस

images
प्रकाशित मिति :कार्तिक १२, २०७७ बुधवार - ०८:०९:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology