Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

तातोपानी नाका फेरि सञ्चालन

तातोपानी नाका फेरि सञ्चालन

दैनिकी न्यूज

१३, कार्तिक २०७७
तातोपानी नाका फेरि सञ्चालन
images

सिन्धुपाल्चोक । नेपाल–चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा बुधबारदेखि फेरि सञ्चालनमा आएको छ । बाढी, पहिरोले तीन महिनादेखि बन्द भएको नाका असोज १९ गते फेरि सञ्चालनमा आएको थियो । त्यसपछि पुनः केही नेपाली कर्मचारीमा कोभिड–१९ संक्रमण देखा परेको बताउँदै चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो ।

दुवै देशबीचको समझदारी अनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालनमा आए पनि मालवाहक कन्टेनर भने बिहीबार मात्रै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । नेपाल भित्रिने सामान अबदेखि चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म ल्याइदिने भएपछि नेपाली कामदार सीमापारि जानु नपर्ने जनाइएको छ ।

यसरी आएका कन्टेनरलाई भन्सारको आइसोलेशन यार्डमा १२ देखि १४ घण्टासम्म राखेपछि मात्र जाँचपास गरी राजधानी पठाइने तातोपानी भन्सार कार्यालयले जनाएको छ । रासस

images
प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - १०:३१:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology