Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

दैनिकी न्यूज

१३, कार्तिक २०७७
सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु
images

काठमाडौं । कैलाली, दाङ, बारा र दार्चुलाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित सडकमा बुधबार दिउँसो ना ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका सगंमटोल बस्ने ६६ वर्षीय बीर सिंह बिष्टको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका बिष्टको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक प्रहरीले नियन्त्रणमा लिई हाल फरार ट्रक चालकको खोजी गरिरहेको छ ।

दाङ, लमही नगरपालिका–१ नर्तिस्थित सडकमा बुधबार दिउँसो भे १० प १५४९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–२ दोलही बस्ने ७५ वर्षीय भरथारी चौधरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लमही अस्पताल हुँदै मेडिकल कलेज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, बारागढि गाउँपालिका–५ सिंहासनी चोकस्थित सडकमा ना ४७ प १९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर बुधबार राति दुर्घटनामा हुँदा रौटहट फतुवा बिजयपुर नगरपालिका–११ भैँसाही बस्ने २३ वर्षीय धर्वेन्द्र चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको कलैया अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो ।

दार्चुला, अपिहिमाल गाउँपालिका–५ घोडेभित्तास्थित सडकमा लु ४ त २६३६ नम्बरको ट्याक्टरले च्यापेर ट्याक्टर चालक दाङ लमही नगरपालिका बनगाई बस्ने ३२ वर्षीय प्रेम थापाको बुधबार बेलुका घटनास्थलमै मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका–५ मकरीगाड हाईड्रोपावरको लागि सिमेन्ट लैजाने क्रममा ट्याक्टर रोकेर ट्याक्टरबाट झरेका उनलाई एक्कासी ट्याक्टर आगाडि बढी च्याप्दा मृत्यु भएको हो ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - १२:४९:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology