साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा थोरै करेक्सन देखिएको छ। अघिल्लो दिन बुधबार ४१.२० अंकको वृद्धिसँगै बजार एक हजार ४७ दशमलब ४६ पुगेको नेप्सेमा बिहिबार १.७८ अंकको गिरावट देखिएको हो।
नेप्सेमा थोरै करेक्सन देखिए पनि यस दिन कारोबार रकममा भने वृद्धि भएको छ। अघिल्लो दिन बुधबार २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार ६९ रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज ( बिहिबार ) ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार ८ सय ४५ रुपैया बराबरको १ करोड ३ लाख ६५ हजार ६ सय ७ कित्ता सेयर किनबेच भएको छ ।
यस दिन प्राइम कमर्सियल बैंकको सर्बाधिक रकमको सेयर किनबेच भएको छ । त्यस्तै निर्जीबन बीमा समूह ३९.८९ अंकले बढेको छ भने ट्रेडिङ समूह १४.९५ अंक, लघुवित्त समूह १२.७४ अंक, जीवन बिमा समूह ८.८६ अंक हाइड्रोपावर समुह ६.७५ अंक र अन्य समूह ५.८३ अंकले बढेको छ। सबै भन्दा धेरै घट्नेमा उत्पादन समूह ३४.८५ अंकले घटेको छ भने विकास बैंक १६.८२, होटल्स १५.४२ अंकले घटेको छ।
यस दिन सर्बाधिक कमाउनेमा शिब श्री हाइड्रो पावर का लगानीकर्ता रहेका छन्। जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको सेयर मूल्य ९.६५ प्रतिशतले बढेको छ। यस दिन सबै भन्दा धेरै गुमाउने मा नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमोटर स्येयार्का लगानीकर्ता रहेका छन जसको सेयर मूल्य ३.९७ प्रतिशतले घटेको छ त्यस्तै सिन्धु विकास बैंक (३.६१ ) श्री इन्भेस्टमेन्ट फाइनान्स (३.४०) प्रतिशतले घटेका छन्।