Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

अपि पावरको हकप्रद शेयर आजदेखि निष्काशन

अपि पावरको हकप्रद शेयर आजदेखि निष्काशन

दैनिकी न्यूज

१४, कार्तिक २०७७
अपि पावरको हकप्रद शेयर आजदेखि निष्काशन
images

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन गरेको छ ।

कम्पनीले १ः०.४७६१९०४७६१९ को अनुपातमा अर्थात् ४७.६१९ प्रतिशतले हुन आउने ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गर्ने छ ।

हकप्रदमा मङ्सिर ४ गतेसम्म आवेदन दिन सकिने छ । हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

हकप्रद निष्काशनका लागि कम्पनीले २०७६ चैत १ गते बुकक्लोज गरेको थियो। यसअनुसार फागुन ३० गतेसम्म कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

हकप्रदमा सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, सिद्धार्थक बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत मंसिर ४ गतेसम्म आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई इक्राएनपि आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ४ रेटिङ्गले कम्पनीको वित्तीय आधारभुत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

हाल १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ।

images
प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - ०७:२३:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology