काठमाडौं । गृह मन्त्रालयले रातिको समयमा काठमाडौं उपत्यका प्रवेश गर्न नपाइने नियम लागू गरेको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै मन्त्रालयले आजदेखि रातिको समयमा यात्रुलाई उपत्यका प्रवेशमा रोक लगाएको हो ।
शनिबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले अर्को सूचना नभए सम्मका लागि बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्मका लागि यात्रु प्रवेशमा रोक लगाइएको जनाएको छ ।