Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सक्रिय कोरोना संक्रमित घटे, मृतकको संख्या एक हजार नाघ्यो

सक्रिय कोरोना संक्रमित घटे, मृतकको संख्या एक हजार नाघ्यो

दैनिकी न्यूज

१९, कार्तिक २०७७
सक्रिय कोरोना संक्रमित घटे, मृतकको संख्या एक हजार नाघ्यो
images

काठमाडौं । देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घटेको छ । संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या घटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन् । कुल १ लाख ७९ हजार ६ सय १४ संक्रमितमध्ये १ लाख ४१ हजार १ सय ३४ जना संक्रमणमुक्त भएका छन् । जुन ७८ दशमलव ५७ प्रतिशत हो ।

यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । मंगलबार थप २० जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ४ पुगेको हो । मंगलबार देशभर थप ३ हजार १ सय ४२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ४ सय ४० जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांकअनुसार ६८ जना भेन्टिलेटरमा र ३ सय ७२ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।

मंगलबार ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमितमध्ये ३० हजार ६ सय ९४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार १ सय ६६ जना होम आइसोलेसनमा छन् । यस्तै, प्रदेश १ मा ५ हजार ६ सय १, प्रदेश २ मा १ हजार ४५, लुम्बिनी प्रदेशमा २ हजार ८ सय ३२, सुदूरपश्चिम प्रदेशमा ८ सय ६५, गण्डकी प्रदेशमा १ हजार ७ सय १० र कर्णाली प्रदेशमा ४ सय ७५ जना होम आइसोलेसनमा रहेका छन् ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा १ सय ८२ जना आईसीयू र ३९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४७ जना आईसीयू र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३६ जना आईसीयू र १५ जना भेन्टिलेटरमा र प्रदेश २ मा १० जना आईसीयूमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, सुदूरपश्चिममा ६ जना आईसीयू र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८६ आईसीयू र ८ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ५ जना आईसीयूमा उपचाररत छन् ।

कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार १ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणको कुल संख्या १४ लाख ८० हजार ९ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल १ हजार २ सय ७७ जना क्वारेन्टिनमा छन् ।

यस्तै, काठमाडौं उपत्यकामा मंगलबार १ हजार ४ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर थपिएका ३ हजार १ सय १४ मध्ये काठमाडौं उपत्यकामा १ हजार ४ सय ६८ जना संक्रमित थपिएका हुन् ।

काठमाडौंमा १ हजार २ सय ४२, भक्तपुरमा ६३ र ललितपुरमा १ सय ६३ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या काठमाडौंमा ६५ हजार ७ सय ८८, भक्तपुरमा ५ हजार ९ सय ६६ र ललितपुरमा ९ हजार ३ सय १४ जना पुगेको छ । हालसम्म काठमाडौंमा २ सय ४९, भक्तपुरमा ६८ र ललितपुरमा ६३ जना संक्रमितको मृत्यु भएको छ ।

यो खबर आजको राजधानी दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७७ बुधवार - ०६:०२:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology