Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

कावासोती नगरपालिका एक हप्ताका लागि बन्द

कावासोती नगरपालिका एक हप्ताका लागि बन्द

दैनिकी न्यूज

२१, कार्तिक २०७७
कावासोती नगरपालिका एक हप्ताका लागि बन्द
images

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिकाका कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि नगरपालिका बन्द गरिएको छ ।

नगरपालिकामा कार्यरत चार कर्मचारीमा बिहीबार कोभिड सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह गरिने सेवा एक हप्ताका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिए ।

आगामी कात्तिक २६ गतेसम्म नगरपालिका बन्द रहने भए पनि अत्यावश्यकीय सेवा प्रवाह भने नरोकिने पुरीले बताए ।

नगरपालिलकामा कार्यरत कुन तहका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएको भन्नेबारे भने नगरपालिकाले खुलाएका छैन ।

नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा प्रवाह बन्द गरिएको भए पनि नगरपालिकाका सबै वडा कार्यालयहरु भने खुला रहने प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए । रासस

images
प्रकाशित मिति :कार्तिक २१, २०७७ शुक्रवार - ०९:४६:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology