Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अमेरिकाको ४६ औं राष्ट्रपति बने बाइडेन, इतिहासकै सबैभन्दा बढी मत पाए

अमेरिकाको ४६ औं राष्ट्रपति बने बाइडेन, इतिहासकै सबैभन्दा बढी मत पाए

दैनिकी न्यूज

२२, कार्तिक २०७७
अमेरिकाको ४६ औं राष्ट्रपति बने बाइडेन, इतिहासकै सबैभन्दा बढी मत पाए
images

बिबिसी । अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्। अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति निर्वाचनका लागि निर्णायक  पेन्सिलभेनिया राज्यमा बाइडेनले जितेको जनाएको हो। पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडेन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्। उनले यो महत्त्वपूर्ण राज्यमा जित हासिल गरेपछी उनीसँग २७३ इलेक्टरल कलेज मत हुनेछ जुन जितका लागि आवश्यक २७० मत भन्दा बढी हो।   अमेरिकामा निर्वाचन भएको चार दिनपछि राष्ट्रपति निश्चित भएको हो। तर राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले पराजय स्वीकार गरिसकेका छैनन्। उनीसँग अहिलेसम्म २१४ इलेक्ट्रोल कलेज रहेको छ। दोस्रो विश्वयुद्धपछि दोस्रो कार्यकालमा लागि निर्वाचित हुन नसक्ने ट्रम्प तेस्रो राष्ट्रपति बनेका छन्।

सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् जुन कुनैपनि अमेरिकी राष्ट्रपतिले हालसम्म प्राप्त गरेको मतभन्दा बढी हो। ट्रम्पको लगभग सात करोड छ जुन इतिहासमै राष्ट्रपतीय उम्मेदवारले पाएको दोस्रो ठूलो मतसङ्ख्या हो। मतगणना जारी रहँदा ट्रम्पले आफूले जितेको गलत दाबी गरेका थिए। त्यसपछि उनले दैनिक धाँधली भएको दाबी गरिरहेका छन् तर उनले कुनै प्रमाण दिएका छैनन्। उनको पक्षबाट केही राज्यहरूमा मुद्दा दायर गरिएको छ र शुक्रवार बाइडनले जित्ने सम्भावना देखिएपछि 'यो निर्वाचन अन्त्य नभएको' विज्ञप्ति निकालिएको छ।

images
प्रकाशित मिति :कार्तिक २२, २०७७ शनिवार - २२:५३:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology