Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

६ महिनामा कोरोनाबाट ११ सय बढीको मृत्यु

६ महिनामा कोरोनाबाट ११ सय बढीको मृत्यु

दैनिकी न्यूज

२३, कार्तिक २०७७
६ महिनामा कोरोनाबाट ११ सय बढीको मृत्यु
images

काठमाडौं । नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुने संख्या ११ सय नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि ११ सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काेराेनाबाट थप २१ काे मृत्युभएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ८ सय १२ जना डिस्चार्ज भएका छन् । नेपालमा जेठ ३ गते पहिलोपटक सिन्धुपाल्चोक कि एक महिलाको कोरोनाको कारण मृत्यु भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७७ आइतवार - १९:००:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology