Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सरकारका एकपछि अर्को गलत नीतिका कारण मृत्युदर उकालो लाग्यो

सरकारका एकपछि अर्को गलत नीतिका कारण मृत्युदर उकालो लाग्यो

दैनिकी न्यूज

२६, कार्तिक २०७७
सरकारका एकपछि अर्को गलत नीतिका कारण मृत्युदर उकालो लाग्यो
images

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार १२ सदस्यीय कोरोना कार्यदल गठन गरेका छन् । बाइडेनको ट्रान्जिसनल (संक्रमणकालीन) टीमले गठन गरेको कार्यदलमा पहिला सरकारमा रहेका अधिकारी,प्राज्ञ र औषधि विज्ञानका हस्ती छन् ।

कार्यदल गठनपछि विज्ञप्तिमार्फत बाइडेनले भनेका छन्, ‘कोरोना महामारीसँग जुध्नु हाम्रो प्रशासनको सबैभन्दा ठूलो लडाइँ हुनेछ, म विशेषज्ञ र विज्ञानको सहायतामा निरन्तर यसबारे जानकारी लिनेछु ।’

यता, नेपालमा पछिल्ला दिनमा परीक्षणमा आएको कमीका कारण संक्रमित संख्यामा पनि कमी आएको छ । तर मृत्युदर भने उकालो लाग्दो क्रममा छ । हिउँद याममा संक्रमण थप बढ्न सक्ने विज्ञान र विज्ञको आकंलन हुँदा पनि सरकारले यो चुनौतीसँग लड्न प्रस्ट कार्ययोजना ल्याउन सकेको छैन ।

नेपालको सन्दर्भमा महामारी सुरु भएदेखि एकपछि अर्को गलत नीतिका कारण कोरोना महामारीविरुद्धको लडाइँ प्रभावकारी हुन सकेको छैन ।

यो समाचार आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन् ।

images
प्रकाशित मिति :कार्तिक २६, २०७७ बुधवार - ०८:००:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology