काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताल तथा प्रयोगशालामा कोरोना उपचार तथा परीक्षण निशुल्क हुने जनाएको छ। बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम सरकारले सुचीकृत गरेको सरकारी अस्पताल तथा प्रयोगशालामा कोरोना उपचार तथा परीक्षण निशुल्क हुने बताएका हुन् । यसअघि कोरोना लागेका बिरामीले आफ्नै खर्चमा उपचार गर्नुपर्ने सरकार निर्णय गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो। सर्वोच्च अदालतले समेत कोरानाको निशुल्क परीक्षण र उपचार गर्नु भनेपछि मन्त्रीपरिषद्ले समेत कोरोना परीक्षण तथा उपचार निशुल्क गर्ने निर्णय गरेको थियो। ‘लक्षण वा चिन्ह देखिएका सरकारी प्रयोगशाला र अस्पतालमा कोरोनाका बिरामीको परीक्षण र उपचार निशुल्क गरिने छ,’ डा. गौतमले भने,‘तर, उल्लेखित व्यक्तिले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएको सबै परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट व्यहोरिने छ।’ सक्षम, इच्छुक र योगदान गर्न चाहनेले परीक्षण र उपचारमा योगदान गर्नसक्ने मन्त्रालयले जनाएको छ।