Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौं उपत्यकामा थपिए ८ सय ३५ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ८ सय ३५ जना कोरोना संक्रमित

दैनिकी न्यूज

२९, कार्तिक २०७७
काठमाडौं उपत्यकामा थपिए ८ सय ३५ जना कोरोना संक्रमित
images

काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ८ सय ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

३ सय ७९ महिला र ४ सय ५६ जना पुरुष गरी ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ६४२, भक्तपुरमा ८८ र ललितपुरमा १०५ जना गरि ८ सय ३५ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११ हजार ३ सय ९३ जना, भक्तपुरमा १ हजार १४ र ललितपुरमा १९ सय ३१ जना होम आइसोलेशनमा रहेका छन् ।

यस्तै काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ३७,भक्तपुरमा १३ सय ६ र ललितपुरमा २३ सय ४६ जना छन् ।

images
प्रकाशित मिति :कार्तिक २९, २०७७ शनिवार - १७:५४:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology