Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ललितपुर महानगरद्वारा आगलागी अध्ययन समिति गठन

ललितपुर महानगरद्वारा आगलागी अध्ययन समिति गठन

दैनिकी न्यूज

३०, कार्तिक २०७७
ललितपुर महानगरद्वारा आगलागी अध्ययन समिति गठन
images

ललितपु्र । ललितपुर महानगरपालिकाले आगलागीबारे अध्ययन समिति गठन गरेको छ । महानगरपालिका फोहोरमैला व्यवस्थापन केन्द्रमा गत शुक्रबार अपराह्न भएको आगलागीको कारण पत्ता लगाउन उक्त समिति गठन गरेको हो ।

महानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेको संयोजकत्वमा अध्ययन समिति गठन भएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, “आगलागी भएको एक सातामा अध्ययन प्रतिवेदन पेश गर्न निर्देशन दिएको छु । यस समितिले आगलागी हुनुको कारण, क्षति र अब यस्तो घटना नदोरिहन अपनाउनुपर्ने सुरक्षात्मक उपायसमेत प्रतिवेदनमा उल्लेख गर्ने छ ।”

केन्द्रका प्रमुख सुरेन्द्रराज अवालेले आगलागी शुरु भएको एक घण्टामा आगो नियन्त्रण भएको भनाइ राखे । उनले भने, “चाडपर्व परेका बेला अन्य समयभन्दा बढी फोहोर सङ्कलन हुन्छ र भइपनि रहेको छ ।”

सिसडोल ल्याडफिल्ड साइटमा फोहोर पुर्याउनुअघि महानगरपालिकाका फोहोर निरन्तर उठिरहेको अवालेले बताए । उक्त समितिमा महानगरपालिकाका प्रवक्ता राजु महर्जन, नं ८ का वडाध्यक्ष हेम महर्जन, फोहोरमैला केन्द्रका प्रमुख सुरेन्द्रराज अवाले, मेकानिकल इन्जिनीयर पुष्कर भट्टराई रहेका बताइएको छ । रासस

images
प्रकाशित मिति :कार्तिक ३०, २०७७ आइतवार - १५:५९:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology