ललितपुर । ललितपुरको बागडोलबाट सरकारबाट प्रतिबन्धित नेकपा विप्लव समूहका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा जिल्ला बिगु गाउँपालिका वडा नं. ३ घर भई हाल ललितपुर–४ बागडोल बस्ने वर्ष ३९ को संजिव नेपाली र दोलखा जिल्ला बैतेश्वर नगरपालिका वडा नं. ३ घर भई हाल बागडोल बस्ने वर्ष ४१ को प्रेम बहादुर दर्लान रहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।
उनीहरुलाई विशेष ब्युरोको टोलीले शुक्रबार नियन्त्रणमा लिएको राईले बताए ।
दर्नाल विप्लव समूहको केन्द्रीय आर्थिक विभागको इन्चार्ज र नेपाली सेक्रेटरी रहेको बताइएको छ ।